Below Menu

लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते, शुक्रबार, आठौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गगरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।जस अनुसार फागुन २५ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार