Below Menu
Below Menu

मर्जर प्रस्तावसहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा 

मर्जर प्रस्तावसहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा 

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चैत ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले मर्जर प्रस्तावसहित सो दिन होटेल एयरपोर्ट, बिराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गर्ने, सर्वसाधारण शेयरधनीबाट दुई जना सञ्चालक नियुक्त गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गर्नेछ । 

यसका साथै सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा निष्मावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन् । 

Advertisment

थप समाचार