Below Menu
Below Menu

साढे ११ खर्बको आयात हुँदा ५७ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा पौने १० खर्ब !

साढे ११ खर्बको आयात हुँदा ५७ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा पौने १० खर्ब !

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात ११.२० प्रतिशत र निर्यात ५७.२० प्रतिशतले बढेको छ । आठ महिनामा नेपालले पौने दश खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

फागुन मसातसम्म नेपालले १३ खर्ब ती अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड एक लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

निर्यात ५७ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । फागुन मसान्तसम्म साढे ११ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे एक खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

१२७ देशसँगको व्यापार घाटामा 

मुलुकले फागुन मसान्तसम्म १६० देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १२७ देशसँगको व्यापार घाटामा रहेको छ भने ३३ देशसँगको व्यापार नाफामा रहेको छ । 

नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग पाँच खर्ब ६३ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

भारतबाट नेपालले यस अवधिमा ६ खर्ब ८८ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने एक खर्ब २५ अर्ब ८८ लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ । 

त्यस्तै चीनसँगको वैदेशिक व्यापारमा नेपालले २ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । आठ महिनामा नेपालले २ खर्ब १९ अर्ब १८ करोड ५२ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ अर्ब १२ करोड १६ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । 

नेपालले यस अवधिमा अर्जेन्टिनासँग ४६ अर्ब ४७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने अष्ट्रेलियासँग ११ अर्ब ६७ करोड, दक्षिण कोरियासँग ४ अर्ब १४ करोड, मलेसियासँग ९ अर्ब ६५ करोड र थाइल्याण्डसँग ९ अर्ब २६ कारोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 
 

Advertisment

थप समाचार