Below Menu
Below Menu

प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं : प्रतिपक्ष दलहरुले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्ष दलका सांसदहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

उनीहरुले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राखेका छन् । 

सांसद गोपीबहादुर सार्की अछामीले भने, “कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई ?” 
    
लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ । 

Advertisment

थप समाचार