Below Menu
Below Menu

विपक्षी दलहरूले दुवै सदन अवरोध गरेपछि संसद् बैठक सोमबारसम्मका लागि स्थगित

विपक्षी दलहरूले दुवै सदन अवरोध गरेपछि संसद् बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।
सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।

आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
 

Advertisment

थप समाचार