Below Menu
Below Menu

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको मूल्य प्रति तोला ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार सुनको मूल्य तोलामा ५ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ९०५ रुपैयाँ तोकिएको छ ।

Sponsored Advertisment

Advertisment

थप समाचार