Below Menu
Below Menu

‘स्वदेशी बस्तुको खपत र रोजगारी बढेमात्र लोकतन्त्र बचाउन सकिन्छ’

‘स्वदेशी बस्तुको खपत र रोजगारी बढेमात्र लोकतन्त्र बचाउन सकिन्छ’

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका)ले लोकतन्त्रको संस्थागत अनुभूति गर्न नसक्दा जनताहरु विद्रोही हुन थालेको बताएका छन् । 

उनले लोकतन्त्रको अनुभूति गर्न नसक्दा जनताहरु विद्रोहमा जान थालेको भन्दै अनुभूति दिने खालको काम गर्न आवश्यक रहेको बताए । त्यस्तै उनले केन्द्रले पञ्चायती शैलीमा हस्तक्षेत नीति लिइरहेको भन्दै आपत्ति समेत जनाए । 

उनले भने,‘लोकतन्त्रको अनुभूति गर्न नसक्दा जनताहरु विद्रोहमा जान थालेका छन् । त्यसैले अनुभूति दिने काम हामीले गर्नुपर्छ । केन्द्रले हस्तक्षेत नीति लिइरहेको छ । आज पनि बजेट हिजोको पञ्चायती शैलीमा नै केन्द्रमा आएर माग्नुपर्ने छ । केन्द्रले त नीति बनाइदिने हो, प्रदेशले बजेट बाँड्ने र पालिकाले उपभोग गर्ने भएको भए प्रदेशको पनि मान्यता हुन्थ्यो ।’ 

कांग्रेसको महाधिवेशन प्रतिनिधि एवम महासमिति सदस्य समेत रहेका दाहालले स्वदेशी वस्तुको मुलुकमा खपत गरेर रोजगारी नबढाएसम्म लोकतन्त्रले सार्थकता पनि हासिल गर्न नसक्ने धारणा राखे । 

अब उपभोगको नीतिको अर्को आन्दोलन आवश्यक रहेको भन्दै लोकतन्त्रलाई संस्थागत रुपमा लैजान रोजगारी कसरी बढाउने मुद्दामा छलफल आवश्यक रहेको उनले बताए । 

‘स्वदेशी वस्तुकै जुनदिनसम्म मुलुकमा खपत हुँदैन, रोजगारी बढ्दैन । अनि लोकतन्त्रको सार्थकता पनि हाँसिल हुँदैन् । त्यसैले अब उपभोगको नीतिको अर्को आन्दोलन आवश्यक छ । जब स्वदेशी वस्तुको उपभोग गरिन्छ । त्यसैले रोजगारी बढ्छ । लोकतन्त्रलाई संस्थागत रुपमा लैजाने हो भने रोजगारी कसरी बढाउन सकिन्छ भन्ने मुद्दामा छलफलमा जानुपर्छ ।’ 

१८ लाख अशिक्षित मानिस बोकेर देश हिडिरहेकाले तीनलाई शिक्षामा कसरी लिएर जाने भन्नेतिर कसैको ध्यान नगएको उनको जिकिर छ । असन्तुष्टिको कारण जनता सडकमा आएको अवस्थामा पनि अग्रज र युवा नेता कसैले पनि चिन्ता व्यक्त नगरेको उनी बताउँछन् । 

उनले भने,‘व्यवस्थाको विरुद्धमा सडकमा वेरोजगार मानिसहरु आएका हुन् ।त्यसैले रोजगारी प्रमुख मुद्दा बन्नुपर्छ । ।अपाङ्गता अधिकार दियौं तर सुविधा दिन सकेनौं । १८ लाख अशिक्षित मानिस बोकेर हिडिरहेको छौं । तिनलाई शिक्षामा कसरी लिएर जाने भन्नेतिर ध्यान गएको छैन् । अग्रजले मात्र होइन बीचको पुस्ताले पनि राम्रोसँग काम गर्न सकेन । त्यही असन्तुष्टिले सडकमा आएको हुन् । जब सन्तुष्टि हुन्छ मानिस कोही आउँदैनन् । रोजगारी कसरी दिने भन्ने कुरामा अग्रजले पनि र युवा नेताले पनि चिन्ता लिनुभएन । अबको एजेण्डा भनेको नागरिकको एजेण्डा हो ।’
 

Advertisment

थप समाचार