Below Menu
Below Menu

अध्यक्ष लिङदेनको चेतावनीः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

अध्यक्ष लिङदेनको चेतावनीः आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेका छन् ।

बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने भन्दै देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न आग्रह गरे । 

उनले भने, ‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।’

त्यस्तै मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव आफूहरुको रहेको भन्दै उनले यसलाई अन्देखा गरेर दमनको सहारा लिएमा बढारिनुपर्ने परिस्थिति आउनसक्छ भन्दै चेतावनी समेत दिए ।

उनले भने, ‘नयाँ सम्झौता गरेर अगाडि जानुपर्यो । जहाँ राजादेखि सबै अटाउने व्यवस्था निर्माण गरौं ,कसैले देशमा आफू निषेधित भएको महशुस गर्न नपरोस । सबै अटाउने मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव गरेको हौ । तर यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ । प्रारम्भदेखि आग्रह छ, बढार्न नपरोस् । अब बल कोर्टमा छ । अरु कुनै दमनको जालझेलको सहारा लिएर होइन । फेरी पनि भन्छु समझदारीमा आउनुस् ।’ 

अध्यक्ष लिङ्देनले राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको बताए ।
 

Advertisment