सुनको मूल्य स्थिर, चाँदी घट्यो 

सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

थप समाचार