अमेरिकी उद्योगलाई बढावा दिन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिकी उद्योगलाई बढावा दिन स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

संयुक्त राज्य अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरको छन् । 

पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौँ ।” 

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, “कोही पनि यसको वरिपरि पुग्नेवाला छैन।”

त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमा लेखेका छन्, “बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ ।”

गत जनवरीमा राष्ट्रपतिका रूसमा पुनः ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएका छन् । 

उनले सवारी साधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन् । शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेका थिए। 

उनले भने, “आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन।”

शुक्रबार ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीच योजनाबद्ध साझेदारीको चर्चा गरे पनि यसअघि द्विपक्षीय विरोधको सामना गर्नुपरेको सम्झौताका बारेमा केही नयाँ विवरण प्रस्तुत गरेका थिए। 

उनले अमेरिकी स्टिल निर्माता कम्पनी र निप्पोन स्टिलबीच हालै घोषणा गरिएको योजनाबद्ध साझेदारीको बावजुद अमेरिकी स्टिललाई अमेरिकाले नियन्त्रण गर्ने बताए । उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि बताए । 

शुक्रबार अबेर वासिङ्टन फर्केपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताएका थिए । “मैले निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्ने छ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठूलो प्रतिबद्धता जनाएका छन्,” उहाँले भने ।

गत साता ट्रम्पले अमेरिकी स्टिलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगारी सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएका छन् । 

पेन्सिलभेनियामा ट्रम्पले भने, “आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २।२ अर्ब डलर लगानी गर्नेछ। थप सात अर्ब डलर स्टिल मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ ।”

निप्पोन स्टिललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टिल बिक्री गर्ने प्रस्तावको यसअघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो । पूर्व राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समयअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेका थिए। 

नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ ।

अमेरिकी स्टिल कारखानामा कार्यरत हजारौँ  प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टिलवर्कर्स युनियन (यूएसडब्लु) ले ट्रम्पको भाषणपछि निप्पोन स्टिल र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा ‘आफूहरूसँग परामर्श नगरिएको’ बताएको छ ।

युएसडब्लुका अन्तर्राष्ट्रिय अध्यक्ष डेभिड म्याककलले भने, “हामी ’योजनाबद्ध साझेदारी’को अर्थबारे अनुमान लगाउन सक्दैनौँ ।”

म्याककलले भने, “सम्झौताको संरचना जेसुकै होस्, हाम्रो प्राथमिक चासो यूएस स्टीललाई विदेशी प्रतिस्पर्धीमा विलय गर्दा राष्ट्रिय सुरक्षा, हाम्रा सदस्य हरू र हामी बस्ने र काम गर्ने समुदायहरूमा पर्ने प्रभावसँग रहन्छ।”

निर्वाचन अभियानका क्रममा ट्रम्पले निप्पोन स्टिलको अधिग्रहण योजनाको विरोध गरेका थिए । तर राष्ट्रपतिमा फर्किएपछि उहाँले आफू कुनै न कुनै प्रकारको लगानीका लागि खुला रहने सङ्केत गरेका थिए । 

थप समाचार