Below Menu
Below Menu

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्।

यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन्।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। 

Advertisment

थप समाचार