प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला चार हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार