साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

साढे १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत झण्डै साढे १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले नौं अर्ब ४९ करोड २० रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो , त्यस्तै कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल असोज गते र ३६४ दिने ट्रेजरी बिल २०८३ असार ९ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले असार ९ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ ।

यस अघि कार्यालयले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

थप समाचार