काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।