Below Menu

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट  

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट  

जनकपुर :। जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब एक करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ ।

Sponsored Advertisement

सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।

आर्थिक वर्ष २०८१/०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन पवद्र्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण, हरित शहरलगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।
 

थप समाचार