काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ ।
सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।
नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।
तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ ।
करको दरमा भएको परिवर्तनसमध्ये आजदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ ।
आर्थिक वर्ष सुरु भएपछि सरकारको नयाँ खाता पनि सुरु हुन्छ । सरकारले गर्ने खर्च र आम्दानीको हिसाबकिताब नयाँ तरिकाबाट सुरु हुने गर्छ । सरकारले मात्र होइन, देशभर सञ्चालन हुने संस्था र कम्पनीले पनि आर्थिक वर्ष अनुसार आफ्नो हिसाबकिताब मिलाउनुपर्ने हुन्छ ।