सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार