Below Menu
Below Menu

मन्त्री दाहालको एक वर्ष: पुँजीगत खर्च ७६.४१ प्रतिशत, रुग्ण ठेक्काको संख्या उल्लेख्य घटाइएको दाबी 

मन्त्री दाहालको एक वर्ष: पुँजीगत खर्च ७६.४१ प्रतिशत, रुग्ण ठेक्काको संख्या उल्लेख्य घटाइएको दाबी 

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका हुन् । 

कार्यसम्पादन गर्दै मन्त्री दाहालले मन्त्रालयको बिगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आर्थिक बर्ष २०८१/८२ मा सवैभन्दा बढी ७६.४१ प्रतिशत प्रगती भएको जानकरी दिए । उनको अनुसार यहि अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सवै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको छ ।

साथै ९३० किलोमिटर कालोपत्रे गर्ने र ९३२ किमी कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीवृज जडान भएका छन् । उनले भने,‘यस मन्त्रालयको बिगत ६ वर्षको पुँजीगत खर्च तुलना गर्दा आव २०८१/८२मा सवैभन्दा बढी ७६.४१ प्रतिशत प्रगती, जुन औसत राष्ट्रिय पूँजीगत खर्च भन्दा करिव १३ प्रतिशत बढी भएकोमा खुसी व्यक्त गर्दछु ।

यसैगरी यहि अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्ला सदरमुकाम सिमकोट समेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सवै जिल्लाहरुमा यातायातको पहुँच स्थापित भएको छ । एक वर्षको अवधिमा ९३० किमी कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ किमी कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीवृज जडान भएका छन ।’

त्यस्तै उनले रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको पनि बताए । आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको उनको भनाइ छ । 

‘मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको छ । आयोजनाहरु शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाईएको छ,’ ’उनले भने 
 

Advertisment

थप समाचार