प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार