Below Menu
Below Menu

नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरू उत्साहित

नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरू उत्साहित

काठमाडौं : भदौ ३ देखि ८ गतेसम्म हुने नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ ।

अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका प्रतिनिधि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा दिन बालुवाटार पुगेका थिए । उक्त निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटोे शोमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेने नाडाले जनाएको छ ।

प्रधानमन्त्रीले अटो शोको उद्घाटन गर्न स्वीकार गरेपछि व्यवसायीहरू उत्साहित भएका छन्। व्यवसायीहरूका अनुसार प्रधानमन्त्रीको संलग्नता केवल औपचारिकता नभई, अटो क्षेत्रलाई सरकारको प्राथमिकतामा ल्याउने सन्देश हो। नीतिगत स्थायित्व, भन्सार सहजीकरण, विद्युतीय सवारीसाधनको प्रवर्द्धनजस्ता विषयमा सरकारको ध्यान केन्द्रित हुने अपेक्षा यससँग जोडिएको छ। 

नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी मात्र होइन, देशको अटोमोबाइल क्षेत्रको अवस्था, समस्या र सम्भावनाबारे संवाद गर्ने मञ्च पनि हो।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको उपस्थिति थियो ।

Advertisment

थप समाचार