एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ?  

एकैदिन तोलामा एक हजार ३०० रुपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति ?  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार