युवाहरुले अघि सारेका नव प्रवद्र्धनलाई समर्थन गर्न सरकार तयार छ: मन्त्री शाही

युवाहरुले अघि सारेका नव प्रवद्र्धनलाई समर्थन गर्न सरकार तयार छ: मन्त्री शाही

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गरिरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यको मूख्य आधारमा ल्याउन प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘हाम्रो वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिबद्ध छौं । युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको छौं ।’

उनले विशेषगरी महिला र किशोरीहरुमा पर्यावरणीय चुनौतिहरुसँग जुध्न, विपदबाट जोगिन र प्राकृतिक स्रोतहरुको संरक्षणको लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

त्यस्तै सोही कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले मुखले भन्नेमात्र नभई व्यवहारमा पनि सबैलाई राजनीतिमा समावेशीकरण गर्नुपर्ने बताइन् । 
देशको विकासका लागि हरेक क्षेत्रमा युवाहरुलाई प्रत्सोहान गराउनु आजको आवश्यकता रहेको उनको भनाई छ । 
 

थप समाचार