काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।