अख्तियारद्वारा भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियारद्वारा भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसमन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनका लागि २४ लाख ५० हजार रुपैयाँ माग गरेको सूचनाको आधारमा आयोगको टोलिले आचार्यको मोवाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल डिभाइस उक्त रकमसहित मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको क्रममा मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग जिल्ला भक्तपुर, साविक चाँगुनारायण गाविस वडा नं ५ख क्षेत्रफल १४–४–०–० जग्गाको मोही बाँडफाँड÷नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई दिने भनी घुस लिएको पुष्टि भएको छ । 

उनीहरु विरुद्ध आयोगले सोही रकम बराबरको बिगो कायम जरिवाना सजाय हुन मागदावी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।  

थप समाचार