काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।