काठमाडौं : निर्माणाधीन नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दस्तुर तोकेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिँदा र बाहिरिँदाको फरक-फरक दस्तुर तोकिएको छ ।
कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ। त्यस्तै मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठुला बस र ट्रकको हकमा आउँदा २६० र जाँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ।
सुरुङमार्गमा दुईपांग्रे सवारी चलाउन पाइनेछैन । यही वर्षदेखि सुरुङमार्ग प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ।
Advertisment