गृह मन्त्रालयमा दुई अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फछ्र्याैट

गृह मन्त्रालयमा दुई अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फछ्र्याैट

काठमाडौं : बेरुजु फछ्र्याैट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आव २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट तथा गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फछ्र्याैट बाँकी रहेको थियो । 

गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए । मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छयौट प्रगति ६३.१७ प्रतिशत रहेको छ ।

‘चालु आर्थिक बर्षमा अब रु १ अर्व ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ’ । आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने । कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फछ्र्याैट मा लागेको छ ।’

उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् । ‘आर्थिक बर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो ।’ अधिकारीले भने, ‘अहिले शुन्य प्रतिशतमा झरेको छ ।’ 

मन्त्रालयले बेरुजु फछ्र्याैट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समिक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ ।

त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्वन्धीत निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फच्र्यौट, सम्परीक्षण र वित्तीय सुशासन सम्वन्धी काम गर्दै आएको छ 
 

थप समाचार