काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।