११ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

११ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई  सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो । 

कार्यालयका अनुसार उदयपुरको विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रालि, मोरङको सगुन फाइबरिक्स प्रालि, नेपालगन्जको सुभास आरएस नबिन जेभी, अछामको नबिन निर्माण सेवा, सुर्खेतको जेएमसी कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जालपा निर्माण सेवा एण्ड सप्लायर्स, डोल्पाको मष्टा भवानी निर्माण सेवा र अर्घाखाँचीको शहीद निर्माण सेवालाई कालोसूचीमा राखेको छ ।


विभिन्न निकायबाट सिफारिस गरे बमोजिम भदौ ८ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैन ।

थप समाचार