सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार