काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।