Below Menu
Below Menu

सुनको मूल्य प्रतितोला दुई लाख नजिक, चाँदीको भाउ कति ? 

सुनको मूल्य प्रतितोला दुई लाख नजिक, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार