सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार 

काठमाडौं : नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १२ गते बिहिबार प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । 


 

थप समाचार