प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

प्रभु महालक्ष्मीको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमनी २०८१/८२ भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र कम्पनीका उच्च व्यवस्थापकहरुको उल्लेखनीय उपस्थिति थियो।

शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लब हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लब हासिल गर्न सफल अभिकर्ताहरुलाई बधाई दिँदै उक्त उपलब्धिलाई सफलताका सिँढीको पहिलो चरणका रूपमा उल्लेख गरे। उनले अझ ठूला सफलताहरू अगाडि रहेकाले निरन्तर मेहनत, प्रतिबद्धता र लक्ष्यप्रतिको समर्पणले मात्रै त्यस्ता उपलब्धि हासिल गर्न सकिने बताउँदै सम्मानित अभिकर्ताहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरे।

कार्यक्रममा योगेन्द्रप्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरिएको थियो । 

थप समाचार