Below Menu
Below Menu

मुगु–हुम्ला जोड्ने गमगढी–सोरु सडक स्तरोन्नती तीव्रः बजेट ६३ करोड, १८ महिनामा सक्ने लक्ष्य

मुगु–हुम्ला जोड्ने गमगढी–सोरु सडक स्तरोन्नती तीव्रः बजेट ६३ करोड, १८ महिनामा सक्ने लक्ष्य

मुगु : मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ ।

Sponsored Advertisement

कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपंैयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।

एक दशक पहिले गमगढीदेखि सोरु गाँउपालिकाका बिभिन्न बस्तीसम्म सडक सन्जाल जोडिएर यातायातका साधनहरु चलेपनि साँघुरो, छोटा धुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने वाध्यताको अन्त्यका लागि काम अगाडि बढाइएको हो ।

निर्माणको काम चाँडै सकिए मुगुबाट अन्तर जिल्ला सडक नजोडिएको अवस्थामा उक्त सडक अब फराकिलो ,नालावाल सहितको गमगढी बजारदेखि सोरुगाँउपालिका र हुम्लाको केही बस्तीका नागरिकलाई सहज हुने अनुमान छ ।

साथै गमगढी जुम्ला हुदै सुर्खेत, नेपालगंन्ज जान भन्दा गमगढीदेखि सोरु हुम्ला दोमुखबाट बाजुरा हँुदै सुर्खेत–नेपालगंन्ज जान छोटो र सहज हुने भएको भन्दै स्थानीय खुशी समेत भएका छन् । निर्माण कम्पनीले पनि काम छिटो र गुणस्तरीय गर्नुपर्नेमा स्थानीयको भनाइ छ । पूरा बजेट अनुसारको काम हुनुपर्ने र गुणस्तरीय हुनुपर्नेमा छाउले टिमका अध्यक्ष बिर्ख बहादुर मल्लले जोड दिए ।

‘अहिले काम शुरु गरेको तीन महिना भन्दा बढी भयो, कार्यालयको मापदण्ड अनुसारको काम भइरहेको छ । हाल २५ प्रतिशत काम भएको छ । डबल कन्क्रिटका लागि पाँचवटा जोडर मेशिन अन्य उपकरण प्रयोग गरेका छौं । १८ महिना भित्र काम सक्र्ने गरी समय दिएको छ । काम गर्न दिएको समयभित्र काम सम्पन्न गर्ने गरी काम भईरहेको छ,’ शिवालय मंगलदीप टक्सान नेभी निर्माण कम्पनीका सुर्य बहादुर शाहीले भने ।

कर्णाली प्रदेश सरकारको समपूर्णक बजेटबाट बिनियोजित बजेटबाट हुम्ला, मुगु कर्णाली–गमगढी नाक्चेलाग्ना सडक निर्माण काम रफ्तारमा भइरहेको हो । ६३ करोड ४६ लाख बजेटबाट कम्पनीले ३० करोड ९ हजारले १८ महिना भित्र काम सम्पन्न हुनेगरी ०८२ साल साउन महिना बाट काम सुरु भएको हो । हाल सडकमा मुख्य बाटो चौडाइ, नाला, ग्याबिन, वाललगायतको काम भइरहेको बिभिन्न पूर्वधार बिकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईले बताए ।

थप समाचार