Below Menu
Below Menu

करोडौँ भुक्तानी बाँकी छ, निर्णायक कदम नचाले स्वास्थ्य बीमा अघि बढ्न सक्दैनः मन्त्री गौतम

करोडौँ भुक्तानी बाँकी छ, निर्णायक कदम नचाले स्वास्थ्य बीमा अघि बढ्न सक्दैनः मन्त्री गौतम

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा।सुधा गौतमले स्वास्थ्य बीमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बीमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौँ रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् ।

उनले वर्तमान सरकारले बीमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।

उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बीमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बीमा ठिक तरिकाले चलि रहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडौँको भुक्तानी बाँकी छ ।’

Advertisment

थप समाचार