काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७० कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा पाँच अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालय उर्जा विकास कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.९८ प्रतिशतले बढेको हो । आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.३० प्रतिशतले घटेको छ ।