Below Menu
Below Menu

सुनको मूल्य फेरि तीन लाखमाथि, एकैदिन तोलामा ४४ सयले बढ्यो 

सुनको मूल्य फेरि तीन लाखमाथि, एकैदिन तोलामा ४४ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार