काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ बाट सम्मानित भएको छ।
थाइल्यान्डको बैंककमा इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा आयोजित एक भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको हो। कम्पनीले नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ (Best Life Insurance Company of the Year-Nepal) को उपाधि हासिल गर्न सफल भएको छ।
आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ।
यो गरिमामय पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा र परिष्कृत डिजिटल प्रविधिलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ। साथै, आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन कम्पनीले खेलेको नेतृत्वदायी भूमिकाको समेत यस पुरस्कारमार्फत उच्च मूल्यांकन गरिएको छ।
यस ऐतिहासिक सफलताको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) ले गौरव व्यक्त गर्दै भने, “आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो।”
उनले यो पुरस्कार सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गरिएको समेत जानकारी दिए।
विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख-दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
Advertisment