Below Menu
Below Menu

आठ महिनामा साढे ४३ हजार स्मार्ट लाइसेन्स वितरण, ५० लाख नाघे मोटरसाइकल

आठ महिनामा साढे ४३ हजार स्मार्ट लाइसेन्स वितरण, ५० लाख नाघे मोटरसाइकल

काठमाडौं : चालु आर्थिक वर्षको आठ महनिामा साढे ४३ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण भएको हो । 

पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म ४१ लाख १४ हजार १ सय ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । यसका साथै फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने ५ हजार १ सय ८६ थान जडान भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३ सय ४० थान मात्र जडान भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ स्वीकृति भई कार्यान्वयनमा रहेको छ ।

चालु आवको फागुनसम्म बस, मिनिबस, ट्रक, माईक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार ९ सय २१ यातायातका साधन दर्ता भएका छन् । 

हालसम्म फागुनसम्म यस्तो सङ्ख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । दर्ता भएका सवारी र यातायातका साधनमध्ये ५० लाख भन्दा बढी मोटरसाईकल रहेका छन् ।

Advertisment

थप समाचार