Below Menu
Below Menu

बीमा ऐन उल्लंघन गर्ने ६ निर्जीवन बीमा कम्पनी कारबाहीमा

बीमा ऐन उल्लंघन गर्ने ६ निर्जीवन बीमा कम्पनी कारबाहीमा

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्राधिकरणबाट जारी निर्देशन उल्लंघन गर्ने ६ वटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै कानुनी व्यवस्था पालना नगर्ने कम्पनीहरूलाई जरिवाना गर्नुका साथै सम्बन्धित कम्पनीका कार्यकारी प्रमुखलाई लिखित चेतावनी दिएको जनाएको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेका छन्।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले बीमा ऐन, २०७९ को दफा ६३ उपदफा (१०) को खण्ड (ख) अन्तर्गत रहेको व्यवस्थाको उल्लंघन गरेका थिए। सोही आधारमा बीमा ऐनको दफा १३२ उपदफा (४) अनुसार प्रत्येक कम्पनीलाई दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।

यससँगै दफा १३४ उपदफा (१) बमोजिम सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई लिखित चेतावनी समेत दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बीमा कम्पनीहरूलाई ऐन, नियम तथा निर्देशनको पूर्ण पालना गर्न पटक–पटक आग्रह गर्दै आएको भए पनि केही कम्पनीहरूले लापरवाही गरेको निष्कर्षसहित कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

ताजा पोस्ट

Advertisment

थप समाचार