Below Menu
Below Menu

कुलेश्वरमा नयाँ व्यवस्थित फलफूल बजार सञ्चालन, २५ सटरबाट कारोबार सुरु

कुलेश्वरमा नयाँ व्यवस्थित फलफूल बजार सञ्चालन, २५ सटरबाट कारोबार सुरु

काठमाडौँ : काठमाडौँको मुख्य फलफूल व्यापारिक केन्द्र कुलेश्वरमा नयाँ र व्यवस्थित फलफूल बजार सञ्चालनमा आएको छ।

उपभोक्ता तथा थोक व्यापारीहरूलाई सहज, सफा र व्यवस्थित रूपमा फलफूल उपलब्ध गराउने उद्देश्यका साथ यो बजार सुरु गरिएको हो। यो बजार फलफूल थोक व्यवसायी संघसँगै रहेको छ । 

यस बजारले स्थानीय तहसँग विशेष समन्वय गरेर नेपालकै ग्रामीण तथा पहाडी क्षेत्रमा उत्पादित राष्ट्रिय फलफूलहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको फलफूल व्यवसायी सन्तोष घिमिरेले बताए । ‘स्वदेशी किसानका उत्पादनले उचित बजार पाओस् र उपभोक्ताले पनि ताजा नेपाली फलफूल उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले स्थानीय उत्पादनको बिक्री वितरणलाई प्राथमिकता दिने हाम्रा लक्ष्य छ,’ घिमिरेले भने ।

नयाँ बजारमा हाल २५ वटा आधुनिक सटरहरू सञ्चालनमा ल्याइएका छन्। यी सटरहरूबाट ग्राहकहरूले विभिन्न प्रकारका स्थानीय (स्वदेशी) तथा बाह्य देशहरूबाट आयातित ताजा फलफूलहरू सहजै खरिद गर्न सक्ने फलफूल व्यवसायी राजेश भण्डारीले बताए। बजारको सरसफाइ, आन्तरिक व्यवस्थापन तथा बैठकका लागि प्रत्येक महिनाको अन्तिम शनिबार भने यो फलफूल बजार पूर्ण रूपमा बन्द रहनेछ।

कुलेश्वरमा थपिएको यो व्यवस्थित बजारले उपत्यकाको फलफूल आपूर्तिलाई अझै सहज बनाउने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने हिमालय सिमापार वाणिज्य संघका वरिष्ठ सदस्य शारदाप्रसाद पराजुलीले विश्वास व्यक्त गरे।

Advertisment

थप समाचार