काठमाडौं : सरकारले हुलाकी राजमार्गलाई तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताए ।
साथै उनले हुलाकी राजमार्गलाई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडकको स्तरोन्नतिका लागि रु एक अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस अन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति र पाँचवटा पुल निर्माण सम्पन्न गर्न रु दुई अर्ब १६ करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्र गर्न र पुल निर्माण गर्न रु एक अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
आगामी तीन वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्ने बजेटमा उल्लेख छ । राष्ट्रिय राजमार्गमा पर्ने ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्वका पुल र स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७ करोड विनियोजन गरेको अर्थमन्त्रीले बताए ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चार लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुग्लिन(आँबुखैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा–मुग्लिन खण्ड अन्तर्गत ४० किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।छौँ। यी सडक खण्डको लागि रु छ अर्ब ५५ करोड विनियोजन गरिएको छ ।
सरकारले कर्णाली करिडोरको ३१ किलोमिटर कालोपत्र एवं ग्राभेल गर्ने लक्ष्य लिएको छ । त्यस्तै कालीगण्डकी करिडोरको २१ किलोमिटर कालोपत्र हुनेछ। कोशी करिडोरको उत्तरी खण्डको १५ किलोमिटर कालोपत्र गर्नेछौँ। यी तीनवटा करिडोरका लागि रु छ अर्ब २५ करोड विनियोजन गरेको छु। गल्छी–स्याफ्रुबेशी–रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु एक अर्ब ३५ करोड विनियोजन गरिएको छ ।
Advertisment