Below Menu
Below Menu

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं  : सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । शुक्रबार संघीय संसद्को दुवै बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताए ।

अर्थमन्त्रीले भने, ‘सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु । यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ न्यूनतम पारिश्रमिक ग्रेडसहित न्यूनतम ४० हजारदेखि १ लाख माथि कायम हुनेछ।’ 

हाल कर्मचारीले अहिले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका छन्। सरकारले बढाएको यो तलब भने आगामी साउन १ देखि लागू हुने छ। 

ताजा पोस्ट

Advertisment

थप समाचार