Below Menu
Below Menu

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड  (पूर्णपाठ)

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड  (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो। 

चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

आगामी वर्षका लागि कुल विनियोजन बजेटमध्ये चालुतर्फ १२  खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत रहेकाे छ, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६३ करोड १९.९ अर्थात प्रतिशत रुपैयाँ रहेको छ । 

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ६१ अर्ब ६४ करोड उठाइने अनुमान गरिएको छ । बाँकी ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत उठाइने छ । 

त्यसका लागि आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब र बाह्य ऋणबाट दुई खर्ब ४७ अर्ब २८ करोड व्यहोरिने अर्थमन्त्री वाग्लेले बताए ।
 

ताजा पोस्ट

Advertisment

थप समाचार