काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३०५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment