काठमाडौं : अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार ८ गते वार्षिक साधारणसभा बोलाएको छ।
उक्त सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ। सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने र सो प्रक्रियाका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार जेठ २४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
Advertisment