काठमाडौं : जीडी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार १ गते विशेष साधारणसभा बोलाएको छ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजेदेखि शुरु हुनेछ। सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने र कम्पनीको जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै नियामक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Advertisment