काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment