थ्री स्टार हाइड्रोपावरको लकइन पिरियड असार १९ गते सकिने, ४२ लाख कित्ता बढी शेयर थपिँदै

थ्री स्टार हाइड्रोपावरको लकइन पिरियड असार १९ गते सकिने, ४२ लाख कित्ता बढी शेयर थपिँदै

काठमाडौं : थ्री स्टार हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असार १९ गतेबाट सकिने भएको छ ।

Sponsored Advertisement

कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ४२ लाख एक हजार २५ कित्ता शेयर लकइनमा राखेको थियो ।

कम्पनीले ३६ लाख ९३ हजार ७५० कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १४ हजार ७७५ कित्ता कर्मचारीहरुका लागि र चार लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो । 

उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार